चीनमा विश्वकै पहिलो ‘फ्लाइङ कार’ को परीक्षण उत्पादन
चिनियाँ विद्युतीय सवारीसाधन निर्माता कम्पनी एक्सपेङको सहायक कम्पनी अरिजले दक्षिण चीनमा स्वःचालित सवारी साधनहरूको परीक्षण थालेको छ। सोही कारखानाबाट कम्पनीको ‘ल्याण्ड एअरक्राफ्ट क्यारिएर’ भनिने फ्लाइङ कारको ठूलो संख्यामा उत्पादन हुने योजनासमेत बनाइएको छ ।
अरिजको उत्पादनमा एउटा चारपांग्रे सवारीसाधन र त्यसमा जडान गरेर उडान भर्न सकिने इभीटीओएल अर्थात् ‘इलेक्ट्रिक भर्टिकल टेक–अफ एन्ड ल्याण्डिङ’ यन्त्र समावेश गरिन्छ । क्वाङडोङ प्रान्तमा रहेको उक्त कारखानाले वार्षिक १० हजार युनिटसम्म त्यस्ता कार उत्पादन गर्ने लक्ष्य राखेको बताइएको छ । कम्पनीका अनुसार पूर्ण रूपमा सञ्चालनमा आएपछि यसले हरेक ३० मिनेटमा एउटा कारमा एउटा विमानरुपी यन्त्र जडान गरेपछि कारलाई आवश्यकताअनुसार उडाउन पनि सकिन्छ ।
हाल अरिजले ठूलो परिमाणमा त्यस्ता कार उत्पादनका लागि आवश्यक पर्ने विभिन्न कानुनी प्रक्रिया अनुमोदनको प्रतीक्षा गरिरहेको अवस्था छ । तीमध्ये पहिलो ‘टाइप सर्टिफिकेसन’ कम्पनीले यसै वर्षको अन्त्यसम्म प्राप्त गर्ने अपेक्षा राखेको समाचारमा जनाइएको छ ।
स्रोतः सिसिटिभी प्लस ।
टिप्पणीहरू