ठेक्कामा गडबड गरेका पूर्वअध्यक्षमाथि भ्रष्टाचार आरोप
सप्तरीको बलान–बिहुल गाउँपालिकाका पूर्वअध्यक्ष दयानन्द गोइत भ्रष्टाचारमा तानिएका छन् । अयोग्य कम्पनीलाई मिलेमतोमा ठेक्का दिलाएको आरोपमा उनीसहित पाँच जनाउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको हो ।
मुद्दा चलाइएकामा तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत नसिम राइन, लेखापाल कमलेसकुमार साह, सबइन्जिनियर सन्तोषकुमार रजक र ओम गणेशाय कन्स्ट्रक्सनका म्यानेजिङ डाईरेक्टर राजिवकुमार साह छन् ।
गाउँपालिकाको वडा नम्बर ६, सेहरास्थित जागेश्वर गरहाई जनता माविको नमुना विद्यालय भवन निर्माणको ठेक्का उनीहरुको मिलीभगतमा अयोग्य ओम गणेशाय कन्स्ट्रक्सनलाई दिइएको अख्तियारको ठहर छ ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम आठ लाख ९८ हजार २१ हजार ४९६ रुपैयाँ बिगो कायम गरी प्रतिवादीहरुलाई कैद र जरिवाना सजाय हुन माग गरेको छ ।
टिप्पणीहरू