रविका जोडी छवि पनि धरौटीमा छुटे
देशभरका ५ वटा सहकारीको वचत रकम ल्याएर बालुवाटारमा सन्चालित रवि लामिछाने प्रवन्धक रहेको ग्यालेक्सी टिभीका उपाध्यक्ष छविलाल जोशी बन्जाडेलाई पनि उच्च अदालत बुटवलको आदेशबमोजिम रुपन्देही जिल्ला अदालतले धरौटीमा छाडेको छ ।
रविको टिमले अहिले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर आगामी साथ,सहयोग र सहकार्यका बदलामा आफ्नो रिहाइबिरुध्द सरकारी वकिल कार्यालयलाई पुनरावेदनको निम्ति सर्वोच्च अदालत जान नदिन मनोबैज्ञानिक दवाव दिइरहेकै बेला पूर्व डिआइजीसमेत रहेका छविलाई पौने ९ बजे राती भैरहवा जिल्ला कारागारबाट बुद्ध एयरको उडान नं BHA 808 मा काठमाण्डौ ल्याइँदैछ ।
सहकारी ठगीको मुद्दामा 'अग्रिम जमानत' तिरेर जेलबाट छुटेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आज साँझ उनीहरूबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री भेट्न पत्नी निकिता पौडेलसहित रवि साँझ साढे ६ बजे बालुवाटार पुगेका थिए ।
भेटमा गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पनि सहभागी भएको बताइएको छ । शुरुमा रविले पत्नी निकितालाई मात्रै राखेर भेटवार्ता गरेकोमा पछि उपसभापति डोलप्रसाद (डिपी) अर्याल,डा. स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी,नेता शिशिर खनाल र सोविता गौतम पनि सामेल भएका थिए । उनीहरू लामिछाने दम्पती पुगेको करिब आधा घण्टापछि बालुवाटार पुगेको स्रोतले बताएको छ।
सर्वोच्च अदालतको आदेश उल्ट्याउँदै उच्च अदालत तुलसीपुर,बुटवल इजलासले शुक्रबार रविलाई धरौटीमा छाड्न आदेश दिएको थियो । अदालती प्रक्रिया पूरा गरेर हिजो थुनामुक्त भएका उनी राजनीतिक गतिविधिमा सहभागी भैसकेका छन् । हिजै आफ्नो निर्वाचन क्षेत्र चितवन पुगेर 'समय आएपछि सबैको हिसाब गर्ने' भन्दै चर्को भाषण गरेका उनले बेलुका जेनजी आन्दोलनका शहीद परिवारलाई भेटेर फोटो खिचाएका थिए ।
उपल्लो अदालतको आदेश तल्लो अदालतले उल्ट्याएका कारण पक्राउ परेको ९ महिनापछि थुनामुक्त भएका उनलाई रास्वपाले आज पार्टी मुख्यालयमा बाजागाजासहित स्वगत गरेको थियो । लगत्तै प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका उनले त्यहाँ समसामयिक राजनीतिक कुराकानी गरेको जनाइएको छ । यद्यपि, कमजोर ग्राउण्डमा टेकेर जेलमुक्त भएका रविले प्रधानमन्त्री भेट्न गरेको हत्तारोलाई कतिपयले शंकाको नजरले हेरेको पनि पाइन्छ ।
सर्वोच्च अदालतले यसअघि नै यो मुद्दामा पाँच पृष्ठ लामो व्याख्यासहित पुर्पक्षमा पठाउने उच्च अदालतको आदेश सदर गरेको थियो । त्यसकारण अहिले उनलाई छोड्ने आदेशविरुद्ध सरकारी वकिल पुनरावेदन लिएर गए फेरि थुनिनसक्ने सम्भावना छ । प्रधानमन्त्री कार्कीले 'सफ्ट कर्नर' राखेकै कारण रवि छुटेको चर्चा भैरहेकाले उनी मातहतको महान्यायाधिवक्ता कार्यालय पुनरावेदनमा जानेमा कतिपयले आशंका गरेका छन् ।
अर्कोतिर, पुराना पार्टीलाई वैधानिक बाटो (चुनाव) बाटै तह लगाउनुपर्ने लाइनमा रहेकी प्रधानमन्त्री कार्की र आफूलाई जेनजीको नेताका रूपमा प्रस्तुत गर्न थालेका रविबीच भएको यो भेटलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

टिप्पणीहरू