सहमतिका आधारमा सीमा विवाद सल्टाउने मोदीको दाबी
चिनियाँ राष्ट्रपति सी चिनफिङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा चीन–भारत प्रतिस्पर्धी नभई साझेदार भएको बताउनुभएको छ । थिएन्चिनमा आज भएको भेटमा सीले मोदीलाई ७५ वर्षको कूटनीतिक सम्बन्धलाई दीर्घकालीन रणनीतिक दृष्टिकोणबाट अघि बढाउन जोड दिनुभएको छ ।
सिसिटिभी प्लसका अनुसार दुई मुलुकबीच कायम रहेको सीमा समस्यालाई सम्पूर्ण सम्बन्धमा परिभाषित नगर्न उहाँको सुझाव छ । दुवै देशले विकास, आपसी विश्वास र बहुपक्षीय सहयोगलाई प्राथमिकतामा राख्नुपर्ने चिनियाँ राष्ट्रपतिको भनाई छ ।
प्रत्युत्तरमा प्रधानमन्त्री मोदीले चीन–भारत सम्बन्ध पुनः सकारात्मक दिशामा अघि बढेको उल्लेख गर्दै सीमा विवादलाई निष्पक्ष र आपसी स्वीकार्य आधारमा समाधान गर्ने इच्छा व्यक्त गर्नुभएको छ ।
सांघाई सहयोग संगठन (एससीओ) को २५ औं शिखर सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री हिजो अपरान्ह थिएन्चिन पुग्नुभएको हो । भोलि सकिने सम्मेलनपछि मोदी बेइजिङमा हुने सैन्य परेड अवलोकन नगरी भोलि नै भारत फर्कने बताइएको छ ।
भिडियो स्रोत : सिसिटिभी प्लस ।
टिप्पणीहरू