चीनद्वारा ताइवानको कुरा नकोट्याउन अमेरिकालाई चेतावनी
चीनले ताइवानको विषयमा अमेरिकासँग सोधनी गर्ने कुनै अधिकार नरहेको बताएको छ । ताइवान पूर्णरुपमा आफ्नो अंग रहेको जनाउँदै चीन र ताइवानको कुनै पनि विषयमा प्रश्न गर्ने अधिकार अमेरिकालाई नरहेको चेतावनीयुक्त जवाफ दिइएको छ ।
चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले ताइवान चीनको अभिन्न अंग भएकाले कुनैपनि किसिमको वाह्य हस्तक्षेप स्वीकार्य नरहेको बताइन् । बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ सेनाको ताइवानलक्षित युद्ध अभ्यासको बारेमा पनि अमेरिकाले चासो राख्नुको कु…