नौ महिनापछि छुटे रवि, जिम्मेवारीमा फर्किएको सूचना
सहकारी ठगी प्रकरणमा नौ महिना थुनामा बसेर आज रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किने भएका छन् ।
कार्यवाहक सभापति डिपी अर्यालले सूचना जारी गर्दै लामिछाने पार्टीको मूल जिम्मेवारीमा फर्किएको जानकारी गराएका हुन् । बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचनको मुद्दामा लामिछाने गत वर्ष चैत २२ गतेदेखि थुनामा छन् ।
लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा पठाउन आदेश दिएको थियो । त्यसपछि उनले अग्रिम जमानत बुझाएर छुट्न पाउँ भन्दै निवेदन दिएका थिए । हिजो न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी आज छुटेका हुन् ।
टिप्पणीहरू