भारतीय राजदूत डिस्चार्ज, दूतावास फर्किए

भारतीय राजदूत डिस्चार्ज, दूतावास फर्किए

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव अस्पतालबाट डिस्चार्ज भएका छन् । गत मंसिर २७ गतेदेखि टोखा नगरपालिका–८ स्थित ग्राण्डी हस्पिटलमा उपचाररत उनी स्वास्थ्यमा सुधार आएपछि आज डिस्चार्ज भएर लैनचौरस्थित दूतावास फर्किएका हुन् । 

काठमाडौंको दक्षिणकाली नगरपालिका–९ स्थित भस्मेसुर डाँडाको जंगलमा हाइकिङ जाँदा अचानक लडेर बेहोस भएका श्रीवास्तवलाई सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर ग्राण्डी हस्पिटल पुर्याइएको थियो । मुटुको अपरेशनपश्चात उनी सिसियुमा उपचाररत थिए ।

टिप्पणीहरू