रुपन्देही अदालत पुगे रवि
सहकारी ठगीको अभियोगमा हिजो अदालतबाट छुटेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिल्ला अदालत रुपन्देही पुगेका छन् । भर्खँरै मात्र उनको सिदार्थनगर नगरपालिका–७, गार्गीपथस्थित अदालतमा ईन्ट्री भएको हो ।
त्यहाँ कागजी प्रक्रिया पुरा गर्नेबित्तिकै उनी रिहा हुनेछन् । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा कारागार चलान भएका रविले बिगोबराबरको बैंक ग्यारेण्टी बुझाएर थुनामुक्त गर्न माग गर्दै रुपन्देही जिल्ला अदालतमा निवेदन पेश गरेका थिए । जिल्लाले अस्वीकार गरेकोमा उनले उच्च अदालत, तुलसीपुर बुटवल इजलासमा निवेदन दिए ।
न्यायाधीशद्धय वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले हिजो बैंक ग्यारेण्टी लिएर उनलाई छोड्न आदेश गरेको हो । त्यसपछि उनलाई आज बिहान जहाजमार्फत भैरहवा लैजान खोजिएकोमा मौसम खराबीका कारण भरतपुर पुर्याइएको थियो । त्यहाँबाट गाडीमा उनलाई अदालत लगिएको हो ।
टिप्पणीहरू