भारतीय राजदूत नवीन श्रीवास्तवकी पत्नी काठमाडौँमा

भारतीय राजदूत नवीन श्रीवास्तवकी पत्नी काठमाडौँमा

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवकी पत्नी पुन्यसाहिला श्रीवास्तव काठमाडौँ आएकी छन् । उनी एअर इण्डियाको उडानमार्फत गएराति त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लिएकी हुन् । 

पति नवीन श्रीवास्तव हिजो दिउँसो हाइकिङ जाँदा अचानक लडेर बेहोस भएपछि पुन्यसाहिला राती पौने १२ बजे काठमाडौँ आइपुगेको बताइएको छ । नेपालमा कार्यकाल सकेर फर्कन लागेका राजदूत हिजो शनिबार छुट्टीको दिन हाइकिङ्ग जानेक्रममा एक्कासि लडेका थिए । 

दिउँसो अढाइ बजे दूतावासका २ जना अफिसरसहित काठमाडौँको दक्षिणकाली नगरपालिका वडा नम्बर ९ भस्मेसुर डाँडाको जङ्गलमा हाइकिङ्ग गर्न गएका उनी अकस्मात छाती दुखेर ढलेपछि सेनाको हेलिकप्टरमा उद्धारगरी ग्राण्डी अस्पताल पुर्याइएको थियो ।

टिप्पणीहरू