रास्वपाको फेडरल लिडरसिपमा थप डेढ दर्जन
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय नेतृत्व मञ्च (फेडरल लिडरसिप फोरम) मा झण्डै डेढ दर्जन सदस्य मनोनित गरेको छ । आज बसेको बैठकले पहिलो चरणमा १७ जनालाई मञ्चको सदस्यमा मनोनयन गरेको हो ।
जसमा ललितपुरकी समीक्षा बाँस्कोटा, सुनसरीका प्रकाशचन्द्र परियार, चितवनकी विमला अधिकारी, काठमाडौंकी रञ्जु दर्शना,कास्कीकी पवित्रा थापा,नुवाकोटका विमल तामाङ, ललितपुरका समुन्द्र केसी,नुवाकोटका दामोदर नेपाल,चितवनका आशुतोष प्रधान रहेका छन् ।
त्यसैगरी, गोरखाका नवराज थापा, भक्तपुरका सुरज प्रधान,काठमाडौंका धनेज थापा,सुनसरीका सुदन श्रेष्ठ, काठमाडौंका अजित खड्का,बाराका रुस्तम अन्सारी,डा.सुशील शाह, रुपन्देहीकी शीतल भुसाल पनि सदस्यमा मनोनित भएका छन् ।
टिप्पणीहरू