सहमहामन्त्री नपाए महामन्त्री उठ्ने
नेपाली कांग्रेसका नेता सुनिल शर्माले पार्टीको १५औं महाधिवेशनमा आफू सहमहामन्त्री सशक्त दाबेदार रहेको बताएका छन् । आज पत्रकार सम्मेलनमार्फत् उनले सहमहामन्त्रीमा उममेदवारी दिने घोषणा गरे ।
मेडिकल व्यवसायीसमेत रहेका शर्माले शेखर कोइराला गुटबाट आफूलाई सहमहामन्त्रीको दावेदारका रूपमा प्रस्तुत गर्दै त्यो सम्भव नभए महामन्त्रीमा स्वतन्त्र उम्मेदवारी दिने बताए ।
‘म डा. शेखर कोइाराला पक्षको मान्छे हो, यसमा लजाउने कुरा भएन’, उनले भने, ‘मैले अगामी महाधिवेशनमा सहमहामन्त्री दिनुहोस् भन्छु, उहाँहरुले दिनुभएन भने नयाँ ढंगको सोच हुन्छ, महामन्त्रीमा मेरो उम्मेदवारी जान्छ ।’
स्वतन्त्र उठ्न नदिए विद्रोह गर्ने शर्माको चेतावनी छ । ‘यदि त्यसमा पनि समस्या आएछ भने सभापतिको लागि स्वच्छ छवि भएको नयाँ उम्मेदवार घोषणा गरेर विद्रोहमा जान्छौँ’, उनले थपे ।
अहिलेका महामन्त्री गगनकुमार थापाले चलाएको पार्टी देखिसकेको भन्दै शर्माले आफूले चलाएको पार्टी जनतालाई देखाउने इच्छा रहेको पनि बताए ।
कांग्रेस महाधिवेन पुस २६, २७ र २८ गते तय भएको छ ।
टिप्पणीहरू