शुरु भयो चिनियाँ कम्युनिष्ट पार्टीको पूर्ण बैठक

शुरु भयो चिनियाँ कम्युनिष्ट पार्टीको पूर्ण बैठक

चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) केन्द्रीय समितिको चौथो पूर्ण बैठक शुरु भएको छ । आज बिहानदेखि बेइजिङमा शुरु भएको बैठक उद्घाटन गर्दै पार्टी महासचिव तथा राष्ट्रपति सि चिनफिङले कार्यप्रतिवेदन प्रस्तुत गर्नुभएको छ । 

प्रतिवेदनमा प्रस्तुत आगामी पञ्चवर्षीय योजनाका प्रस्तावहरुमाथि बैठकमा छलफल गरिने सिन्ह्वाले जनाएको छ । बैठकमा उच्च तहका पार्टी तथा सरकारी अधिकारीहरूकोसमेत सहभागिता रहेको छ । 

बैठकमा विशेषगरी चीनको आर्थिक सुधार, राष्ट्रिय सुरक्षा,प्रविधि नवप्रवर्तनलगायत आगामी पञ्चवर्षीय योजनाका लागि नीतिगत तहका प्राथमिकताउपर गहन छलफल गरिँदै छ ।

फाेटाे स्राेत  : साउथ चाइना मर्निंग पाेष्ट ।

टिप्पणीहरू