८२ वर्षीया हजुरआमा खेतमा ड्रोन उडाउँदै
चीनका सबै क्षेत्रमा उच्च प्रविधिको प्रयोग अत्यधिक गरिएको छ । पछिल्लो समय कृषिमा समेत यसको प्रयोग निकै भएको पाइन्छ ।
कृषि पेशामा संलग्न अशिक्षित र पौढहरुले समेत प्रविधिको प्रयोग गरेपछि कृषि उत्पादनमा उल्लेखनीय प्रगति भएको बताइन्छ । चीनको पूर्वी प्रान्त आन्हुईको तुङचङस्थित लाओमे गाउँकी ८२ वर्षीया ताई सुयिङ यतिबेला पनि कृषिमा सक्रिय देखिन्छिन् । छोरासहित नाति वाङ थियानथियानसँग बस्दै आएकी उनी खेतमा पहिलेझैँ शारीरिक परिश्रम धेरै गर्न सक्दिनन् ।
तर, नातिको सहयोगमा उनी कहिलेकाहीँ ड्रोन उडाउँदै खेतमा विषादी र मल भने छर्किन्छिन्। हजुरआमा ताई र उनका नाति वाङले खेतमा उब्जाएको धान, तेलहनजस्ता कृषि उपजको प्रवद्र्धन र बिक्रीका लागि सामाजिक सञ्जालमा लाइभस्ट्रिमसमेत बेला बेलामा गर्ने गरेको देखिन्छ ।
स्रोत : चाइना डेली ।



टिप्पणीहरू