चीनमा चाँदी प्रशोधन उद्योगहरुलाई भ्याइनभ्याइ
विश्वमा सुनपछि चाँदीको मूल्य पनि अभूतपूर्व रूपमा बढेपछि चीनमा यसको खरिद र बिक्री ह्वात्तै बढेको छ । फाइन ज्वेलरीदेखि लगानीका लागि चाँदीको उच्च मागले प्रशोधन कम्पनीहरूमा निकै व्यस्तता देखिएको छ ।
मध्य चीनको योंगसिङ काउन्टी चाँदी उत्पादनका लागि प्रमुख क्षेत्र हो । त्यहाँ चाँदी र चाँदीका गहना तथा सामान किन्न उपभोक्ताको भीड लाग्ने गरेको छ । स्थानीय गहना पसलेहरू मौज्दात अभावमा मागबमोजिम पूर्ति गर्न नसकिएको बताउँछन् ।
स्थानीय गहना पसलका प्रमुख लीउ यानचियाङ भन्छन् ः ‘उकालो लागेको मूल्यले हाम्रो पसलको बिक्री लगभग दोब्बर भएको छ। विशेषगरी लगानीका लागि पर्याप्त चाँदी नपाएर अचम्ममा परेका छौं । बजारमा माग आपूर्तिभन्दा निकै बढी छ ।’
आपूर्ति शृंखलामा चाँदी प्रशोधन कम्पनीहरूले पूरै चीनबाट एकपछि अर्को माग आएको बताए । प्रशोधन कम्पनीका उत्पादन निर्देशक होउ वेइ भन्छन् : ‘चाँदीको मूल्य बढ्नुअघि हाम्रो मासिक ढुवानी लगभग एक टनको हाराहारी थियो। तर गत अक्टोबर महिनामा मूल्य बढेसँगै ढुवानी दुईदेखि तीन टनसम्म पुगेको छ ।’
चाँदीको मूल्य विश्व बजारमा गत अक्टोबरको मध्यमा प्रतिऔंन्स ५४ अमेरिकी डलर पुगेको थियो । यसले सन् १९८० को मूल्यको रेकर्ड तोडेको हो ।
स्रोत : सिसिटिभी प्लस ।
टिप्पणीहरू