थिएन्चिनमा कैलाश–मानसरोवरको प्रसंग

थिएन्चिनमा कैलाश–मानसरोवरको प्रसंग

चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटवार्तामा लिपुलेक मार्ग हुँदै कैलाश मानसरोवर यात्रासहित सीमा सम्झौता र द्विपक्षीय सम्बन्ध सुधारका विषय उठेको छ । भारत र चीनले हालै दिल्लीमा नेपाली भूमि लिपुलेक हुँदै व्यापारिक नाका खोल्ने सम्झौता गरेका थिए । सोही मार्गबाट कैलाश यात्रा हुने भएकाले नेपालमा विरोध भइरहेको छ । 

चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपतिसँग हिजो भएको भेटवार्तामा लिपुलेक हुँदै गर्न खोजिएको व्यापारिक आदानप्रदानबारे आपत्ति जनाइएको विषय सार्वजनिक भइसकेको छ ।

यता राष्ट्रपति सीले भारतलाई असल मित्र र बलियो व्यापारिक साझेदारका रूपमा प्रस्तुत गर्दै दुवै देशले आपसी सहकार्यबाट सफलता हासिल गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले चीन र भारतलाई ‘ड्रागन र हात्ती’को संज्ञा दिँदै रणनीतिक सहकार्यको महत्वसमेत उल्लेख गर्नुभएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

टिप्पणीहरू