‘अवैध’ नेपाली बोकेको अर्को अमेरिकी विमानको आगमन
अमेरिकाले आज पनि ७५ जना नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर छाडेको छ । स्थानीय समयअनुसार बुधबार बिहान ५ बजे बाल्टिमोरबाट उडेको ओम्नी एअर इन्टरनेशनलको चार्टर उडान नम्बर ओएई ३८७६ विमान आज दिउँसो साढे ३ बजे काठमाडौं आइपुगेको हो ।
भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएको उक्त विमानमा ७५ जना ‘अवैध’ भनिएका नेपाली थिए । विमान बाल्टिमोरबाट बुल्गेरियाको राजधानी सोफिया हुँदै नयाँ दिल्ली आएको थियो ।
टिप्पणीहरू