राष्ट्रिय सभाका पूर्व अध्यक्षको कार्ड गायव
फाइल फाेटाे
नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत मतदानको तयारीमा रहेका राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेश तिमल्सिनाको महाधिवेशन प्रतिनिधि कार्ड गायव भएको छ ।
भृकुटीमण्डपमा जारी महाधिवेशनका लागि मतदान गर्न पुगेका तिमल्सिना प्रतिनिधि कार्ड नपाएपछि अलमलमा परेका छन् । कार्ड अरू कसैले बुझेर लुकाइदिएको आशंका छ ।
तिमल्सिना एमालेका कूल २ हजार २६३ महाधिवेशन प्रतिनिधिमध्ये मनोनीत कोटाबाट चयन भएका १०८ प्रतिनिधिभित्रैका हुन् ।
पदाधिकारीमा आकांक्षी रहेका तिमल्सिनाले अध्यक्ष केपी शर्मा ओलीबाट टिकट नपाएपछि केन्द्रीय सदस्यमा समेत उम्मेदवारी दिएका छैनन् ।
प्रतिनिधि कार्ड नहुँदा मतदान प्रक्रियाबाट वञ्चित भएका तिमल्सिनाले हाल नयाँ प्रतिनिधि कार्डका लागि निर्वाचन आयोगसङ्ग गुहार लगाइरहेको बुझिएको छ ।
टिप्पणीहरू