उपमेयर भागे पनि पति पक्राउ

उपमेयर भागे पनि पति पक्राउ

ज्योति विकास बैंकका कर्मचारीमाथि मोसो दल्दै कुटपिट गरेको घटनामा संलग्न सप्तकोशी नगरपालिकाकी उपमेयर रिताकुमारी चौधरीसहित पाँचजना फरार भएका छन् ।

ज्योति विकास बैंकको प्रादेशिक कार्यालय बर्दीबासका उपप्रबन्धक सुमित श्रेष्ठ र रूपनी शाखाका कर्मचारी सविन श्रेष्ठलाई मोसो दल्दै,जुत्ताको माला लगाइएको र गालीगलौज गरेर लट्ठीले कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि उनीहरु बेपत्ता भएका हुन् । 

प्रहरीका अनुसार उक्त घटनामा संलग्न उपमेयर चौधरीसँगै उनका छोरा सिरज चौधरी,सप्तकोशी इन्टिग्रेटेड एग्रो फार्मका प्रभुनारायण चौधरी र पञ्चदेव चौधरी तथा स्थानीय रवीन्द्र स्वर्णकार फरार छन् ।

घटनामा संलग्नताको आरोपमा उपमेयरका पति तथा सोही कम्पनीका सेयरधनी सञ्जीवकुमार चौधरी र उमाकान्त चौधरीलाई भने प्रहरीले पक्राउ गरेको छ ।

टिप्पणीहरू