बरिष्ठले पनि छोडेपछि सिके राउतलाई थप संकट
सिके राउत नेतृत्वको जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले पार्टी परित्याग गरेका छन् ।
सर्लाहीको हरिपूर्वा नगरपालिका–४ का उनले साधारण सदस्यसमेत नरहनेगरी जनमत छोडेका हुन् । चौधरीले केन्द्रीय कार्यालयमा आज पेश गरेको राजीनामा पत्रमा नेतृत्वको स्वेच्छाचारी प्रवृतिका कारण पार्टीमा रहन नसकेको उल्लेख छ ।
नेतृत्व भ्रष्टाचारमा लिप्त भएको र नातावाद मौलाएको आरोप लगाउँदै उनले त्यहाँ बसेर काम गर्ने वातावरण नै नभएको जिकिर गरेका छन् ।
अध्यक्ष राउतलाई सम्ब…