युवाको पक्षमा भोट माग्दै ओलीलाई शुभकामना
लोकदोहोरी गायिका ज्योती मगर एमालेको जारी महाधिवेशनमा पुगेकी छन् । ‘युवा उम्मेदवार, जिन्दावाद’ भन्दै हिजो भृकुटीमण्डप पुगेर प्रचारमा उत्रिएकी उनी आज दिउँसो पनि त्यहाँ पुगेकी हुन् ।
ज्योतीले अध्यक्षका प्रत्यासी केपी शर्मा ओलीसँग भेटसमेत गरेकी छन् । मतदानपछि घाममा बसेर नेता तथा कार्यकर्तासँग गफिरहेका ओलीलाई उनले जितको अग्रिम शुभकामनासमेत दिइन् ।
पछिल्लो समय एमालेमा खुलेकी ज्योतीले डेढ हप्ताअघि पनि युवा संघका अध्यक्ष क्षितिज थेवेसँग सुटुक्क गुण्डु पुगेर ओलीलाई भेटेकी थिइन् । आगामी दिनमा ज्योती एमालेबाट समानुपातिक सांसद बनेमा कुनै नौलो नहुने चर्चा यतिबेला मनोरञ्जन वृत्तमा व्यापक छ ।
राेल्पा घर भएकी उनले सामाजिक सञ्जालमार्फत जेनजी घटनाको विरोधमा धारावाहिक विचार राख्दै आएकाे देखिन्छ ।
टिप्पणीहरू