एमाले महाधिवेशनमा एक जना कुटिए

एमाले महाधिवेशनमा एक जना कुटिए

नेकपा एमालेको महाधिवेशनमा गलत प्रचार गरेको आरोपमा एक व्यक्तिमाथि हातपात भएको छ । 

ओली प्यालनका उम्मेदवारको परिचय पत्र घाँटीमा झुन्ड्याएर अर्काको पक्षमा प्रचार गरिरहेको अवस्थामा शंकर साउदलाई महाधिवेशन प्रतिनिधिले कुटेका हुन् । कार्ड झुण्ड्याएर भोट मागिरहेका उनले इतर पक्षका उम्मेदवारको प्रचार गरेको खुलेपछि ओली प्यानलका कार्यकर्ता आएर थप्पड हानेको बताइएको छ । 

बिहान ११ बजे आसपास यसरी लफडा चर्किएपछि अरु प्रतिनिधिले साउदलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए । प्रहरीले नक्कली पत्र बनाउने व्यक्तिसहितलाई नियन्त्रणमा लिई भृकुटीमण्डपबाट बाहिर निकालेको बताइएको छ ।

टिप्पणीहरू