प्रदर्शनीमार्गमा सवारी आवागमन निषेध

प्रदर्शनीमार्गमा सवारी आवागमन निषेध

नेकपा एमालेको भृकुटीमण्डपमा जारी ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि हिजो हुने भनिएको मतदान प्रक्रिया भर्खर शुरु भएको छ । हिजो मतदान प्रक्रिया रोकिएसँगै प्रदर्शनी मार्गमा सवारी साधनको आवागमन निषेध गरिएको थियो ।

सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै राष्ट्रिय सभागृह मोडदेखि पद्मोदय मोडसम्मको सडक खण्ड अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारी साधनको आवागमनका लागि पूर्ण रूपमा निषेध गरिएको सुरक्षा निकायले जनाएको छ।

भृकुटीमण्डप परिसरमा महाधिवेशनमा सहभागी प्रतिनिधि तथा कार्यकर्ताहरूको उपस्थितिसँगै अन्यको भीड बढेपछि सवारी आवागमन नियन्त्रण गरिएको बताइएको छ ।

टिप्पणीहरू