प्रधानमन्त्रीविरुद्ध भएको प्रदर्शनको फोटो खिच्दा पत्रकार पक्राउ

प्रधानमन्त्रीविरुद्ध भएको प्रदर्शनको फोटो खिच्दा पत्रकार पक्राउ

प्रधानमन्त्रीविरुद्ध भएको प्रदर्शनको फोटो खिचेकै कारण पत्रकारलाई गिरफ्तार गरेको घटनामा नेपाल पत्रकार महासंघले चासो व्यक्त गरेको छ । 

हिजो साँझ बालुवाटारस्थित प्रधानमन्त्री निवासअगाडि भएको विरोध प्रदर्शनको फोटो खिच्दा फोटो पत्रकार वर्षा शाहलाई प्रहरीले पक्रेको थियो । महासंघले यसप्रति आपत्ति जनाएको हो । 

महासंघका अनुसार प्रहरीले उनलाई नसोधी फोटो खिचेको भन्दै मेटाउन दबाब दिँदै केही घण्टा नियन्त्रणमा राखेर छोडेको थियो । यसरी प्रेसको पहिचानसहित सञ्चारकर्ममा जुटेका पत्रकारमाथि प्रहरीले गरेको यो व्यवहारको महासंघले भर्त्सना गरेको छ । 

‘महासंघ प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र यस्ता हर्कत नदोहोर्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ,’ महासंघद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

टिप्पणीहरू