प्रदेश प्रमुखले छोरोलाई पोसेको विषय झन् पेचिलो
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टको सचिवालयमा गरिएको नियुक्ति विवादमा तानिएको छ । प्रमुख स्वकीय सचिवका रूपमा नियुक्त छोरा ज्योति भट्टले नियमित हाजिरी नगरी सहसचिवसरहको सेवा–सुविधा लिएको गम्भीर आरोप लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका कारण उक्त विषय थप पेचिलो बनेको बताइन्छ ।
ज्योति भट्ट नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको धनगढीस्थित कार्यालयमा कार्यकारी निर्देशक पदमा कार्यरत थिए । गण्डकी प्रदेश प्रमुख नियुक्त भएपछि डिल्लीराज भट्टले …