देउवासँग रमेश लेखक पौने घण्टा

देउवासँग रमेश लेखक पौने घण्टा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेता रमेश लेखकबीच भेटवार्ता भएको छ । 

आज अपराह्न महाराजगंज चुनदेवी मार्गस्थित देउवा निवासमा उनीहरूले भेट गरेका हुन् । भदौ २४ को जेनजी विध्वंसका बेला बूढानिलकण्ठस्थित निवास आगजनी भएपछि देउवा त्यहाँ बस्दै आएका छन् ।  

काँग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर आन्तरिक किचलो चर्किरहेका बेला देउवा र लेखकबीच पौने घण्टा कुराकानी भएको बताइएको छ । सभापति भेट्न नेता लेखक अपराह्न साढे ३ बजे त्यहाँ पुगेका थिए ।

टिप्पणीहरू