दुर्गा प्रसाईँलाई प्रधानमन्त्रीको निम्तो

दुर्गा प्रसाईँलाई प्रधानमन्त्रीको निम्तो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राजसंस्था पुनःस्थापनाको वकालत गर्दै आएका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई वार्तामा बोलाएको छ । उनलाई वार्तामा आउन आग्रह गर्दै कार्यालयले पत्र पठाएको हो । 

आफ्नो माग पुरा नभएमा फागुन २१ गते निर्वाचन हुन नदिने घोषणा गरेका प्रसाईँसँग सोही सन्दर्भमा छलफल गर्न लागिएको कार्यालय स्रोतले बताएको छ । स्रोत भन्छ,‘प्रसाईँलाई आमन्त्रण पत्र पठाइएको छ । उनले फागुन २१ गते निर्वाचन हुन नदिने भनेका छन्, त्यही विषयमा छलफल गर्न होला ।’

गृहमन्त्री ओमप्रकाश अर्यालले गत मंसिर १२ गते प्रसाईँसँग सिंहदरबारमा छलफल गरेका थिए ।

टिप्पणीहरू