शीतल निवासमा बिदाई भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि अस्ट्रेलियाकी राजदूत लिन जोनस्टनले बिदाई भेट गरेकी छन् । आज शीतल निवास पुगेर उनले राष्ट्रपति पौडेलसँग बिदाई भेट गरेकी हुन् ।
त्यसक्रममा नेपाल र अस्ट्रेलियाबीच रहिआएको द्धिपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
साथै, राष्ट्रपति पौडेलले राजदूत लिनलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद दिएको पनि कार्यालयले बताएको छ ।
टिप्पणीहरू