सशस्त्रका हाकिमहरुको जिम्मेवारी फेरबदल,थपिए दुई जर्नेल

सशस्त्रका हाकिमहरुको जिम्मेवारी फेरबदल,थपिए दुई जर्नेल फाइल फाेटाे

सशस्त्र प्रहरी बल नेपालका तीन जना अतिरिक्त महानिरीक्षकहरुको जिम्मेवारी फेरिएको छ । हिजो मन्त्रिपरिषद् बैठकले नारायणदत्त पौडेललाई प्रशासन, वंशीराज दाहाललाई सीमा,गणेशबहादुर ठाडामगरलाई कार्यबिभागमा लगेको छ । 

उता दुई महासेनानीलाई सहायक रथीमा बढुवा गरिएको छ ।

क्याबिनेट बैठकले एक प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गरेर छ जना उपरथी तथा सात जना महासेनानीहरुको सरुवासमेत गरेको छ । सेनामा बढुवा भएका र सरुवा भएकाहरुको नाम जंगी अड्डाले आन्तरिक प्रयोजनको लागि मात्रै जानकारी गराउने गर्छ ।

टिप्पणीहरू