प्रधानमन्त्रीको पनि उस्तै हो पिरलो

कहिले देशका शक्तिशाली प्रधानमन्त्री त कहिले शक्तिसम्पन्न मुलुकका राजदूत पीडामा परिरहन्छन् । तर, उपचार सम्भव हुँदैन । ठूलाबडाका लागि त तत्कालै ‘गेटवे’ बन्द गराएर भए पनि थामथुम पारिएला तर सानातिनाले जाने कहाँ ?

भर्खरै प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा डोमेन दर्ता गरेर ‘केपीओलीडटकम’ ठेगानाको एउटा वेभसाइट सार्वजनिक भयो । र, त्यसमा अश्लील दृश्यसहितका आपत्तिजनक सामग्री प्रशारित गरियो । ओली पहिलोचोटि ०७२ मा प्रधानमन्त्री भएलगत्तै बनाइएको ‘केपीओली डटकम डट एनपी’ आधिकारिक वेभसाइट हो । तर, अहिले वल्र्डप्रेसबाट ‘डटकम’ को डोमेन दर्ता गराइयो र प्रधानमन्त्रीको विश्वव्यापी बेइज्जत गरिएको छ । यस्तो गम्भीर कसुरमा संलग्न व्यक्ति पहिचान गरिनुपथ्र्यो र कानुनी कारवाही हुनुपथ्र्यो । तर, गेटवे बन्द गराएर सब कुरा समाधान भयो भनिँदैछ । बरु, प्रधानमन्त्रीका प्रेस सल्लाहकारले ‘खुमलटारको दानापानी र संरक्षणमा ? पहिला लाजिम्पाटबाट आफ्नै हर्कतका कारण निश्कासित भएको सम्झने हो कि ?’ भन्दै पार्टीका कार्यकारी अध्यक्षतिर लक्ष्यित गरी फेसबुकमा स्ट्याटस लेखिदिए । नेकपाभित्र बहस चलिरहेको छ, सल्लाहकारले गरेको कामलाई कसरी व्यक्तिगत मान्ने ?

उता, प्रधानमन्त्रीका नामको वेभसाइटबाट निकृष्ट भिडियो सार्वजनिक भएलगत्तै सूचना प्रविधि सल्लाहकार अस्गर अलीले शुक्रबार गेटवे बन्द गराउने काममा सक्रियता देखाए । उनले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालमार्फत त्यहाँका हाकिम विजयकुमार रोयलाई भनेर गेटवे बन्द गराएका हुन् । गेटवे बन्द गर्नु भनेको चारवटै सेवा प्रदायक कम्पनीबाट प्रवाहित हुने अनलाइनको सर्भर रोक्ने काम हो । तर, अहिले देशवासीलाई प्रधानमन्त्रीका नामको नक्कली वेभसाइट बन्द गराएर चित्त बुझ्ने अवस्था होइन, त्यस्ता हर्कत गर्नेलाई हदैसम्म कानुनी कारवाहीको चाहना छ । उता कानुनी कारवाहीको बाटो छाडेर सल्लाहकारहरुले नै बाटो बिराएका छन् । एउटाले प्रचण्डलाई गाली गरेर, अर्कोले मान्छे पत्ता लगाउनुको सट्टा साइट नै नदेखिने बनाएर ।

यसअघि प्रधानमन्त्रीले ह्याण्डल गर्ने आधिकारिक ट्वीटर ह्याक भएपछि प्रहरीलाई दोषी पत्ता लगाउन प्रधानमन्त्रीको सचिवालयले अनुरोध ग¥यो । केन्द्रीय साइबर ब्युरोले ट्वीटर मुख्यालयलाई चिठी लेखेर पठायो । तर, उताबाट जवाफ नै आएन । ऊसँग ‘म्युचुअल लिगल एसिस्टेन्स’ सम्बन्धी सम्झौता नहुँदा यस्तो स्थिति उत्पन्न भएको हो । त्यसैले नेपाल प्रहरीले सामाजिक सञ्जालबाट हुने अपराध चाहेर पनि नियन्त्रण गर्न सक्दैन ।

यस्तै समस्यामा परे, अमेरिकी राजदूत ¥याण्डी बेरी । कसैले फेसबुकमा गाली ग¥यो । उनले प्रहरीमा उजुर गरे । तर, अमेरिकामै मुख्यालय रहेको फेसबुकले अमेरिकी राजदूतमाथि भएको गालीप्रति कुनै रेस्पोन्स दिएन । बुझ्दै जाँदा नेपालका प्रहरीले पत्ता लगाए कि, अमेरिकामा शक्तिशाली मानिने सुरक्षा संगठन एफबिआईलाई पनि फेसबुकले कतिपय विवरण नदिँदो रहेछ ।

टिप्पणीहरू