चेलीको बिहेसङ्गै दोहोर्‍याएर चुनाव

चेलीको बिहेसङ्गै दोहोर्‍याएर चुनाव

एक चेलीका खातिर निर्वाचित प्रतिनिधि नै बहिष्कार ! नेकपा एमालेकी एक नेतृले महाधिवेशन प्रतिनिधि बन्ने रहर गर्दै मरिहत्ते गरेपछि ओखलढुंगामा दोस्रो पटक निर्वाचन गराउन निर्देशन दिएको प्रसंग हो,यो । 

प्रतिनिधि चयनका लागि ओखलढुंगामा भएको निर्वाचन बदर गर्दै अध्यक्ष केपी शर्मा ओलीले हिजो पुनःनिर्वाचन गराउन निर्देशन दिएका थिए । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेको अवस्थामा शनिबार सम्पन्न मतदानबाट उनै निकट प्रतिनिधि निर्वाचित भएकाले पुनः निर्वाचन गराउन खोजिएको धेरैको बुझाई थियो । तर, वास्तविकता भने अर्कै पाइएको छ । 

स्रोतका अनुसार ओखलढुंगाकी नेतृ अस्मिता थापाले ‘म त जसरी पनि प्रतिनिधि बन्ने हो’ भनेर अड्डी कसेकी थिइन् । अखिलकी पूर्व सचिवालय सदस्य तथा लिखु गाउँपालिकाको उपाध्यक्षसमेत रहेकी उनी अस्ति ओलीलाई आफ्नो बिहेको निम्तो दिन भन्दै गुण्डु पुगेकी थिइन् । सोही भेटमा उनले ‘बा,ईश्वरका मान्छेले षड्यन्त्र गरेर मलाई हराए,तपाईंले नै केही गरिदिनुपर्यो,म त जसरी पनि प्रतिनिधि बन्ने हो’ भनेर अड्डी कसेकी थिइन् ।

थापाले एक स्थानीय पत्रकारसँग आज सल्लाघारीमा धुमधामले बिहे गरिसकेकी छन् । तर, बिहेमा 'ओली बा पुगे वा पुगेनन् भन्ने खुलेको छैन ।  

ओलीको जवाफ उद्धृत गर्दै स्रोतले भन्यो, ‘राजनीति भन्या यस्तै हो,जित र हार त भैहाल्छ,चिन्ता नगर,तिम्रो राजनीति गर्ने उमेर अझै धेरै बाँकी छ, आत्तिनुहुँदैन ।’ ओलीले थापालाई सम्झाइबुझाइ गरेर फर्काउन खोजेका थिए । तर, ‘त्यस्तो भनेर हुँदैन बा,यही महाधिवेशनमा प्रतिनिधि बन्ने हो’ भनेर अड्डी कसेपछि ओलीले ओखलढुंगाका नेतालाई सम्पर्क गरेर दोस्रो पटक मतदानको लागि तयारी गर्न निर्देशन दिएको बताइन्छ । 

थापा गुण्डुमै रहेका बेला संगठन विभाग प्रमुख काशिनाथ अधिकारीलाई समेत फोन गरेर अर्को मतदान गराउन भनेको स्रोतको दावी छ । बिहेको निम्तो बोकेर पुगेकी उनकै कारण ओखलढुंगामा दोस्रो पटक मतदान हुने अवस्था सिर्जना भएको स्थानीय अर्को स्रोतले पनि बतायो ।

थापाले एक स्थानीय पत्रकारसँग आज सल्लाघारीमा धुमधामले बिहे गरिसकेकी छन् । तर, बिहेमा 'ओली बा पुगे वा पुगेनन् भन्ने खुलेको छैन । यसैबीच,वरिष्ठ उपाध्यक्ष पोखरेलले ओखलढुंगामा दोस्रो पटक मतदान गराउन निर्देशन दिनुको कारणबारे ओलीलाई सोधेका छन् । आज अपरान्ह गुण्डु पुगेका उनले निर्वाचित प्रतिनिधिलाई स्वीकार्न आग्रह गरेका थिए । 

‘ओखलढुंगामा दोस्रो पटक मतदानको आवश्यक नै थिएन,त्यहाँ किन निर्देशन दिइयाे ? बरु फेरि निर्वाचन गराउने नै भए दाङ र सल्यानमा गरौँ, त्यहाँ धेरै विवाद छ भन्ने ईश्वर कमरेडको भनाई छ ।’चेलीको बिहेसङ्गै दोहोर्याएर चुनाव

यसबारे जानकार स्रोत भन्छ, ‘ओखलढुंगामा दोस्रो पटक मतदानको आवश्यक नै थिएन,त्यहाँ किन निर्देशन दिइयाे ? बरु फेरि निर्वाचन गराउने नै भए दाङ र सल्यानमा गरौँ, त्यहाँ धेरै विवाद छ भन्ने ईश्वर कमरेडको भनाई छ ।’ 

स्मरण रहोस्,ओखलढुंगामा १२ जना महाधिवेशन प्रतिनिधिको लागि ४१ जनाले उम्मेदवारी दिएकोमा सबै पोखरेल समूहका नेता निर्वाचित भएका छन् । खुलातर्फ अम्बिरबाबु गुरूङ, ज्ञानबहादुर खड्का,कमलप्रसाद न्यौपाने,अशोक थापा,राजीव कटवाल र केदारबाबु बस्नेत निर्वाचित हुँदा महिलातर्फ इच्छाकुमारी गुरूङ,जुना बिक,पशुपति गुरुङ र रमिला मगर श्रेष्ठ, युवातर्फ टिकाराम धमला र दलिततर्फ ज्यानु कालिकोटे प्रतिनिधि निर्वाचित भएका थिए ।
 

 

टिप्पणीहरू