राजनीति

साँझ परेपछि सुटुक्क सिंहदरबार

राजसंस्था पुनःस्थापनाको वकालत गर्दै आएका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाई सिंहदरबार पुगेका छन् । उनी गृहमन्त्री ओमप्रकाश अर्याललाई भेट्न केहीबेर अघि मन्त्रालयमा पुगेका हुन् । अहिले उनीहरुबीच वार्ता जारी रहेको बुझिएको छ ।  मंसिर ७ गतेदेखि मेची महाकाली आन्दोलन घोषणा गरेका प्रसाईको समूह र सरकारबीच मंसिर ६ गते लिखित सहमति भएको थियो । सोही दिन आन्दोलन फिर्ता लिएको प्रसाईको समूह सहमति कार्यान्वयनको विषयमा छलफल गर्न गृह मन्त्रालय पुगेको बताइन्छ ।

Page 7 of 906