प्रधानमन्त्रीमाथि लाग्यो गम्भीर आरोप
भ्रष्टाचार र कुशासनविरुद्ध सशक्त आवाज उठाएर चर्चा कमाएकी पूर्वप्रधानन्यायाधीश तथा बहालवाला प्रधानमन्त्री सुशीला कार्की पछिल्लो समय एकपछि अर्को विवादमा तानिइरहेकी छन् । उनीमाथि सचिवालयमा जथाभावी मान्छे भर्ती गरेकोदेखि डिम्ब तस्करी गर्नेलाई जोगाएकोसम्मको आरोप लागेको छ । यसै क्रममा अर्को तथ्य पनि बाहिरिएको छ ।
उनले सरकारी जग्गा कब्जा गरेको पाइएको छ । अरुले कब्जा गरेको सरकारी सम्पत्ति फिर्ता ल्याउन पहल गर्नुपर्नेमा उनी आफैं सरकारी जग्गा हड्पेर बसिरहेको आरोप छ । करोडौं मूल्य प…