काठमाडौँ-२ बाट महाधिवेशनमा जान को-को इच्छुक ?

काठमाडौँ-२ बाट महाधिवेशनमा जान को-को इच्छुक ?

नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि काठमाडौँ क्षेत्र नम्बर २ मा चुनावबाट प्रतिनिधि चयन गरिने भएको छ । 

प्रतिनिधिका लागि तोकिएको कोटाभन्दा धेरै आकाङ्क्षी देखिएपछि मतदानमार्फत टुंगो लगाइने भएको हो । संखरापुर नगरपालिका-६ स्थित पार्टी कार्यालयमा अहिले उम्मेदवारी दर्ता भैरहेको छ ।

दिउँसो १ देखि अपराह्न साढे ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएकोमा अहिलेसम्म २४ जनाले उम्मेदवारी दिएको बताइएको छ । जसमा महिला सदस्यतर्फ शान्ता थापा, कमला दाहाल, शृजना वेदवाल, शोभा कार्की, मथुरा चापागाईं, विन्दु पुडासैनीले उम्मेदवारी दिएका छन् । 

युवा कोटामा नवराज दाहाल, भक्तिप्रसाद दाहाल, ज्ञानी ढकाल, प्रभु भण्डारी, सुरेस चापागाईं, सुसान्त श्रेष्ठ, राजेश कट्टेल र निसान वाइबाको उम्मेदवारी परेको छ । मणिराम फुयाल, होमनाथ आचार्य, सानूकुमार श्रेष्ठ, उपेन्द्र कुमार पौडेल, बुद्धभक्त चित्रकार, गोकुल रिजाल, कृष्णहरि थापा, शम्भुप्रसाद दुलाल, भगवान प्रसाद दाहाल र कृष्ण बजगाईंले खुल्ला सदस्यमा उम्मेदवारी दर्ता गरेको बताइएको छ । 

एमालेले मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा ११ औँ महाधिवेशन गर्दैछ । मङ्सिर १३ गतेभित्र प्रतिनिधि टुंगो लगाइसक्ने कार्यतालिका छ । त्यसनिम्ति मंगलबारदेखि जिल्ला जिल्लामा प्रतिनिधि छनोटको काम शुरु भैसकेको छ ।
 

टिप्पणीहरू