पुण्यलाई ३ वर्षदेखि प्रतिबन्ध

पुण्यलाई ३ वर्षदेखि प्रतिबन्ध

‘काम गर्ने कालु, मकै खाने भालु’ भनेझैं एमालेमा काम गर्नेलाई सम्झने दिन पनि आउने लागेको देखिँदैछ । बाबुराम थापा पेशागत महासंघको केन्द्रीय अध्यक्ष हुँदा लैनचौरस्थित करोडौं पर्ने जग्गा र तीन तले भवन कब्जा गर्न नसकेको, संगठन सुदृढीकरण र सदस्यहरूको हितमा काम गर्न नसकेको भन्दै आलोचना गरिए पनि अहिलेको नेतृत्व उनको जति पनि काम गर्न नसकेपछि यस्तो टिप्पणी हुन थालेको छ । 

स्रोतका अनुसार पार्टी विभाजन हुँदा नेकपा एस समर्थकहरूको वर्चश्व भएका कारण तिनले पेशागत महासंघको भावनामा कब्जा जमाएका थिए । त्यस्तो काममा प्रेमल खनाल, विश्वनाथ प्याकुरेल, गम्भीरलाल श्रेष्ठ र हरि श्रेष्ठहरू सक्रिय थिए । बहुमत भएकोले अन्तर्राष्ट्रिय मान्यता पनि नेकपा (एस) समर्थित पेशागत महासंघले नै पाएको थियो । त्यसबेला भोला पोखरेल पनि एस तिर थिए ।

एमालेतिर भने केदार देवकोटा र पुण्य ढकाललगायत केही नेता बाँकी रहे । एमालेको वर्चश्व रहेको काठमाडौं जिल्ला समितिले दुई पल्ट नारा जुलुश गर्दै भवन फिर्ता लिने प्रयास गरेको थियो । त्यसबेला पुण्य ढकालहरूले भिडेको भिड्यै गरेको भए भवन फिर्ता लिन सक्ने वातावरण तयार हुन पनि सक्थ्यो । त्यसताका शिक्षण पेशाबाट आएका बाबुराम थापा पेशागत महासंघको अध्यक्ष थिए । पछि भोला पोखरेल एमालेमा फर्किए । उनी फर्किएपछि एमाले भनेर बसेका पुण्य ढकाल र बाबुराम थापाहरू अध्यक्ष केपी ओलीबाट टाढिएको बताइन्छ ।

पोखरेल अहिले पनि अध्यक्ष ओली निकट मानिन्छन् । उता, ढकालमाथि पाँचथरको सिडिओ भएपछि छोरालाई पिए बनाएर उठ्तीपुठ्ती गरेको र दारुमा अत्यधिक रमाएको आरोप लगाउँदै अध्यक्ष ओली उनीसँग आगो हुन थाले । महासंघको करिब दुई करोड पर्ने भवन एकीकृत समाजवादी समर्थित समूहले उछिट्याएको, करिब ७ आना जग्गामा बनेको र तीन तले छ । त्यसबेला यो भवन जोगाउन नसकेको अर्को पुण्य ढकालप्रति ओलीले रिस पनि पोख्ने गरेका छन् ।

यसैकारण ३ वर्षदेखि उनलाई भेट दिइएको छैन । एमालेको पेशागत महासंघ हेर्ने जिम्मेवारी पाएका भानुभक्त ढकालले पनि पुण्यले माखो मार्न नसकेको भन्दै अध्यक्षलाई रिपोर्टिङ गरेको आरोप छ । ढकालले एमालेको दोस्रो वरीयताका नेता ईश्वर पोखरेलको मातहतमा काम गरेको, उनकै स्कूलिङ र छत्रछायामा उपत्यकामा भिजेले अहिले उनकै पछि लागेको बताइन्छ । उनले म पेशागत महासंघको अध्यक्ष भएको मानिसले पार्टी अध्यक्षलाई भेट्न र रिपोर्टिङ गर्न पाउँदिन भने अरु कसले पाएका होलान् ? त्यस्तो अध्यक्ष हुनुको के अर्थ भन्दै गुनासो पोख्ने गरेका छन् ।
 

टिप्पणीहरू