‘पुस्तान्तरणमा जोड लगाइरहन पर्दैन’

‘पुस्तान्तरणमा जोड लगाइरहन पर्दैन’

एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलमा हुने पुस्तान्तरणलाई स्वाभाविक रुपमा लिनुपर्ने बताउँदै नेतृत्व हस्तान्तरणमा जोड लगाउन नपर्ने उल्लेख गर्नुभएको छ । पार्टीको ११ औं महाधिवेशनसम्बन्धी लोगो तथा नारा सार्वजनिक गर्दै महाधिवेशन, अधिवेशनमा  केही साथी हट्ने केही नयाँ हुने कुरालाई स्वाभाविक रुपमा लिनुपर्ने उहाँको धारणा छ । 

‘पार्टी पुनर्गठन हुनुपर्छ, नेतृत्व हस्तान्तरण वा पुस्तान्तरण हुनुपर्छ भन्ने कुरा जोडदार ढंगले उठाइरहनुपर्ने विषय होइन । यो स्वभाविक विषय हो । हस्तान्तरण पनि हुन्छ । पुस्तान्तरण पनि हुन्छ । हुनैपर्छ । यो नगरौं भनेपनि हुन्छ । तर आवश्यकताअनुसार हुन्छ ।’

मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुन लागेको महाधिवेशनका लागि एमालेले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्प, समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ नारा तय गरेको छ ।

टिप्पणीहरू