एमाले महाधिवेशनमा नाचगान र नाराबाजी
नेकपा (एमाले) को जारी एघारौं महाधिवेशनमा नाचगान र नाराबाजी शुरु भएको छ । आफ्ना उम्मेदवारको पक्षमा प्रतिनिधिहरुले नाराबाजी गर्न थालेका हुन् । उनीहरुले ‘नेकपा एमाले के भन्छ,राम्रो उम्मेदवार ल्या भन्छ’,‘सुदूरपश्चिम के भन्छ,कर्ण थापा ल्या भन्छ’ लगायतका नारा लगाएका छन् ।
नेता थापाको समूहले महाधिवेशनस्थलमै नाचगान गरिरहेको छ । देउडा गीत गाएर नाच्न थालेको अर्को समूहले ‘केपीको पाराले,दुःख पाए साराले’ लगायतको नारा पनि लगाइरहेको छ । यमलाल कँडेल, लीलानाथ श्रेष्ठलगायतको पक्षमा पनि माहौल बनेको छ ।
गएको शनिबार भक्तपुरको सल्लाघारी चौरमा उद्घाटन भएको एमाले महाधिवेशन राजधानीको भृकृटीमण्डपमा जारी छ । आज उम्मेदवारी दर्ता गरिएकोमा नयाँ नेतृत्वका लागि भोलि मतदान हुँदैछ ।
टिप्पणीहरू