एमालेमा कुरा नमिल्दा मतदानको समय फेरि सर्यो,पासाङ्गको उम्मेदवारी बदर
एमालेको राजधानीमा जारी ११ औं राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नेतृत्व चयनका लागि मतदान हुने भनिएको छ । भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा बनाइएको मतदान केन्द्रमा दिउँसो १ बजेदेखि शुरु हुने समय तालिका बढाउँदै फेरि ४ बजेसम्म धकेलिएको छ । यसअघि बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान समय तोकिएको थियो ।
हलमा मतदानका लागि विद्युतीय मेशिन (प्राविधिक कुरा) हरु मिलाउने क्रम अन्तिम चरणमा पुगेको समेत जानकारी दिइएकोमा मानवीय (मन मिलाउने कुरा) मा अलमल हुँदा समय यसरी धकेलिन थालेको हो ।
यो तालिका पनि मङ्ग्सिरको ठण्डीमा ठेलिएर रात पर्ने सम्भावना टड्कारो देखिन्छ ।
"अध्यक्ष केपी ओलीको सुरक्षार्थ ढुक्कै गुण्डुमा तैनाथ पासाङ्ग शेर्पाको बहुबिबाह काण्ड अदालतबाट टुंगो लागिनसकेका कारण उनले केन्द्रीय सदस्यका लागि हालेको उम्मेदवारी रद्द भएको छ । "
गए रातिदेखि उम्मेदवारको नाम र फोटोसहितको विद्युतीय मतपत्र मेशिनमा फिट गर्ने क्रम जारी छ । सामाजिक सञ्जाल र भृकुटी मण्डपमा उम्मेदवारहरुको प्रचारप्रसार शुरु भइसकेको छ ।
एमाले केन्द्रीय निर्वाचन आयोगले जारी गरेको अन्तिम उम्मेदवार सूची २१ पृष्ठ लामो छ । ३०१ केन्द्रीय सदस्यका लागि ६०३ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल तथा महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा हुँदैछ ।
अध्यक्ष केपी ओलीको सुरक्षार्थ ढुक्कै गुण्डुमा तैनाथ पासाङ्ग शेर्पाको बहुबिबाह काण्ड अदालतबाट टुंगो लागिनसकेका कारण उनले केन्द्रीय सदस्यका लागि हालेको उम्मेदवारी रद्द भएको छ ।
टिप्पणीहरू