भृकुटीमण्डप वरपर फाइनल सूची

भृकुटीमण्डप वरपर फाइनल सूची

नेकपा (एमाले)को जारी ११औँँ महाधिवेशनमा अध्यक्षको लागि प्रतिस्पर्धा गर्न लागेका केपी शर्मा ओली र ईश्वर पोखरेलले आ आफ्नो प्यानल टुंगाे लगाएपछि प्रचार थालेका छन्। 

अध्यक्षको लागि ओली र पोखरेलबीच प्रतिस्पार्धा तय हुँदै गर्दा पाँच उपाध्यक्षको लागि ११ जनाबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । ओली प्यानलबाट गुरुप्रसाद बराल,पृथ्वीसुब्बा गुरुङ, विष्णु पौडेल र रामबहादुर थापा उपाध्यक्षको उम्मेद्वार फाइनल भएका छन् । हिजो उपाध्यक्षमा स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका रघुजी पन्त पनि ओली प्यानलमै समेटिएका छन् । उपाध्याक्ष त्यागेका प्रदीप ज्ञवालीको ठाउँमा अध्यक्ष ओलीले पन्तलाई ‘सेट’ गरेको बताइन्छ । त्यस्तै पोखरेल प्यानलबाट अरुण नेपाल, गोकर्ण विष्ट, टंक कार्की, बिन्दा पाण्डे र पर्शुमेघी गुरुङ उपाध्यक्षको उम्मेद्वार बनेका छन् । 

महासचिवमा सुरेन्द्र पाण्डे र शंकर पोखरेल भिड्न लाग्दा तीन उपमहासचिवको लागि सात जना र ९ सचिवको लागि २० जना प्रतिस्पर्धा गर्दैछन् । 

अहिले बन्दसत्रस्थल भृकुटीमण्डपमा दुवै समूहले आफ्नो प्यानलको सूची बाँड्दै उम्मेद्वारहरुको प्रचार गरिरहेका छन् । मतदान ४ बजे सुरु हुने बताइएको छ ।

टिप्पणीहरू