पन्त रुष्ट, ज्ञवाली भावुक

पन्त रुष्ट, ज्ञवाली भावुक

नेकपा (एमाले)का स्थायी समिति सदस्य रघुजी पन्तले उपाध्यक्षमा स्वतन्त्र उम्मेद्वार दिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासिला पात्र मानिने उनले प्यानलको सूचीमै नअटाएपछि उपाध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दिएका हुन् ।

निवर्तमान शिक्षामन्त्री समेत रहेका पन्तले केही दिनअघि मात्रै अध्यक्ष ओलीसँग पदाधिकारीको आकांक्षी रहेको जानकारी गराएकाे बताइएकाे छ । तर उनी ओलीको सूचीमै नपरेका हुन् । 

यसैबीच पार्टी उपमहासचिव प्रदिप ज्ञवालीले पनि अध्यक्ष ओलीसँग असन्तुष्टी जनाउँदै केन्द्रीय सदस्यमा मात्रै उम्मेद्वारी दिएको बुझिएको छ । महासचिवमा दावी गर्दै आएका उनलाई ओलीले उपाध्यक्षमा बनाउन खोजे पनि अनिच्छुक रहेको बताइन्छ । उनी बन्दसत्रस्थलबाट भावुक हुँदै बाहिरिएको बताइएकाे छ । 

उता, केन्द्रीय निर्वाचन आयोगले तेस्रो पटक निर्वाचन कार्यतालिका हेरेफेर गरेको छ । आयोगले दोस्रो पटक निर्वाचन तालिका संशोधन गर्दै साढे ६ बजे उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन हुने बताएकोमा अब साढे ८ बजे सार्वजनिक हुने जनाएको छ ।

टिप्पणीहरू