एनपिएल: एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत आज हुने इलिमिनेटरको खेलमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल अपराह्न ४ः०० बजे शुरू हुनेछ ।
काठमाडौं तेस्रो र लुम्बिनी चौथो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् । काठमाडौंले लिग चरणको ७ खेलमा ५ खेल जित्न सफल भएको थियो भने लुम्बिनीले चार खेल आफ्नो पक्षमा पारेको थियो ।
दुई टोलीबीच लिगचरणमा भएको खेलमा काठमाडौं २२ रनले विजयी भएको थियो । गत सिजनपनि काठमाडौंले लुम्बिनीलाई १८ रनले हराएको थियो । त्यसैले लुम्बिनीलाईआजको खेलमा बदला लिने अवसरपनि रहेको छ ।
आजको खेलमा जित निकाल्ने टोली दोस्रो क्वालिफायरमा पुग्नेछ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ । विजयी टोलीले भोलि हुने दोस्रो क्वालिफायरमा विराटनगर किंग्सको सामना गर्नेछ । विराटनगर पहिलो क्वालीफायर अन्तर्गत मंगलबार भएको खेलमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएको थियो ।
टिप्पणीहरू