एनपीएल: रोहितले कार र बाइक पाउँदा अन्यले के के पाए ?

एनपीएल: रोहितले कार र बाइक पाउँदा अन्यले के के पाए ?

लुम्बिनी लायन्सलाई दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जिताएका कप्तान रोहित पौडेलले कार र बाइक पुरस्कार पाएका छन् ।

शनिबार सम्पन्न फाइनल खेलमा लुम्बिनीले साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै लुम्बिनीले उपाधि जितेको थियो । लुम्बिनीलाई जित दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका रोहित प्रतियोगितामा नेपाली खेलाडीतर्फ सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट ब्याट्सम्यान चुनिएका हुन् । उनले प्रतियोगितामा २७६ रन बनाउँदै १० विकेट लिए ।

जसबापत उनले ओमोडा जेको जे-५ कार र बजाज पल्सर बाइक पुरस्कार पाएका हुन् ।

यस्तै लुम्बिनी लायन्सकै तीव्र गतिका बलर रुबेल ट्रम्पलम्यान म्यान अफ दि सिरिज चुनिए । प्रतियोगितामा उनले १५ विकेट लिँदै ६५ रन बनाएका थिए । उनलाई ५ लाख पुरस्कार पाए ।

विराटनगरका कप्तान सन्दीप लामिछानले उत्कृष्ट बलर बन्दै बाइक पाए । उनले १७ विकेट लिएका थिए । सँगै समान १७ विकेट लिएका लुम्बिनीका शेर मल्लले इमर्जिङ खेलाडी हुँदै बाइक पुरस्कार जित्न सफल भए ।

‘इनर्जेटिक प्लेयर अफ दी टुर्नामेन्ट’ बनेका सुदूरपश्चिमका बलर अभिनाश बोहोराले दुई लाख रुपैयाँ पाए ।

टिप्पणीहरू