हर्क साम्पाङका उपाध्यक्षमाथि विस्फोटक पदार्थ मुद्दा

हर्क साम्पाङका उपाध्यक्षमाथि विस्फोटक पदार्थ मुद्दा

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष रामकुमार तामाङ लामा पक्राउ परेका छन् । विस्फोटक पदार्थसम्बन्धी मुद्दामा उनी काठमाडौँको कपनबाट समातिएका हुन् । 

पाँचथर जिल्ला अदालतमा दर्ता भएको विस्फोट पदार्थसम्बन्धी मुद्धामा लामालाई नियन्त्रणमा लिइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रवक्ता शिवकुमार श्रेष्ठले जनआस्थासँग पुष्टी गरे । लामा यसअघि काठमाडौँको बबरमहलमा भएको बम विस्फोट प्रकरणमा जेल बसेर रिहा भएको बुझिएको छ । 

साम्पाङले गत असोज ७ गते दल दर्ताको लागि निर्वाचन आयोगमा दिएको निवेदनमा लामालाई उपाध्यक्ष कायम गरिएको छ । साम्पाङ हाल पार्टी संगठन विस्तारको लागि विभिन्न जिल्ला पुगिरहेका छन् ।

टिप्पणीहरू