सुई लगाएको २ मीनटमै चिच्याएर प्राणान्त

सुई लगाएको २ मीनटमै चिच्याएर प्राणान्त

-लेखनाथ शिकारु

पाँचथर, अस्पतालमा उपचाररत एक किशोरीको इन्जेक्सन लगाएलगत्तै मृत्यु भएपछि पाँचथर जिल्ला अस्पताल तनावग्रस्त बनेको छ ।

ज्वरो आएर अस्पताल भर्ना भएकी फिदिम नगरपालिका-२ की १३ वर्षीय क्रिष्टिना थाम्सुहाङको निधन भएको घट्नालाई लिएर मृतकका आफन्त असन्तुष्ट हुँदा अस्पताल परिसर तनावग्रस्त भएको हो । स्वास्थकर्मीहरुको लापरवाहीले घट्ना भएको भन्दै उनीहरुले शव बुझ्न मानेका छैनन् ।

ज्वरो आएपछि असोज १९ गते अस्पताल भर्ना गरिएकी क्रिष्टिनाको बिहान साढे ७ बजे निधन भएको थियो । अस्पताल आएपछि स्वास्थमा सुधार आएर डिस्चार्च गर्न लागिएकी किशोरीलाई राउण्डमा आएका चिकित्सकले सुइ लगाइदिए दिएलगत्तै निधन भएकोे आफन्तहरुको आरोप छ ।

बेडमा आमासँग गफ गर्दै खाजा खाएकी किशोरी सुइ लगाउने बित्तिकै चिच्याएर बेहोस भई २ मीनेट नबित्दै निधन हुनुमा स्वास्थकर्मीको लापरबाही भएको मृतकका काका युवराज थाम्सुहाङले बताए । अस्पतालले चित्तबुझ्दो जवाफसहित घट्नाको यथार्थ सार्वजनिक नगरेसम्म शव नबुझ्ने परिवारको भनाई छ ।

स्वास्थकर्मीहरुले भने एनाफाइलाटिक सकका कारण किशोरीको निधन भएको हुनसक्ने बताएका छन् । किशोरीको निधनपछि अस्पताल परिसरमा पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको छ । समस्या समाधानका लागि २ घण्टादेखि वार्ता जारी रहेपनि कुनै निश्कर्ष निस्केको छैन ।

टिप्पणीहरू