समय सधैं कहाँ दाहिने हुन्छ र सरकार !
मुहमद इब्न अबि बकर अल तुरे अर्थात् मुहमद तुरे ती राजा हुन् जसले विशाल सोङघाइ साम्राज्यलाई हराए । पश्चिम अफ्रिकाको सबैभन्दा ठूलो यस इस्लामिक साम्राज्यको क्षेत्रफल ८ लाख वर्ग किलोमिटरसम्म फैलिएको थियो । आजको माली, नाइजर, नाइजेरिया, मौरिटानिया, सेनेगल, गिनिया र अल्जेरियासम्म । यसले युरोपसम्म सुन र नुनको व्यापार गथ्र्याे । मुहमद तुरे पश्चिम अफ्रिकी मुलुक मालीको एउटा नगर गावोमा जन्मेका थिए र सोन्नी अलिको समयका जर्नेल थिए । उनले सोन्नीका पुत्र सम्राट् सुन्नी बारुलाई युद्धमा पराजित गर…