नाइजरमा सैनिक ‘कू’ : राष्ट्रपति अपदस्थ, संविधान भंग
पश्चिम अफ्रिकी देश नाइजरमा सैनिक ‘कू’ भएको छ । सेनाको एक समूहले राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै सत्ता कब्जा गरेको घोषणा गरेको छ ।
सैन्य समूहले राष्ट्रपतिलाई अपदस्थ, संविधान भंग र मुलुकका सबै संस्था निलम्बित भएको घोषणा गरेको छ ।
सेनाका कर्नेल मेजर अमादु अब्द्रामेनले मुलुकभर कर्फ्यु लगाएको र हवाई तथा स्थल सीमा सबै बन्द गरिएको जानकारी दिएका छन् । उनले आफ्नो सम्बोधनमा मुलुकको सुरक्षा अवस्था कमजोर रहेको र कुशासन बढेको आरोप लगाउँदै राष्ट्रपतिलाई अपदस्थ …