अमेरिकाविरुद्ध जवाफी कारबाहीको धम्कीलगत्तै उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण

अमेरिकाविरुद्ध जवाफी कारबाहीको धम्कीलगत्तै उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाले लामो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । केही दिनअघि अमेरिकी जलसेनाको विमानले आफ्नो हवाई क्षेत्रको उल्लंघन गरेको दाबी र चेतावनीलगत्तै उक्त क्षेप्यास्त्र परीक्षण गरिएको हो ।

यता दक्षिण कोरियाली सेनाले प्योङयाङले राजधानी नजिकै परीक्षण गरेको बताएको छ । उत्तरको परीक्षणलाई गम्भीर उत्तेजनापूर्ण भन्दै दक्षिणको सेनाले कोरियाली प्रायद्वीपको शान्ति र सुरक्षामा हानी पुग्ने भएकाले यसलाई तत्काल रोक्न आग्रह समेत गरेका छन् । 

अमेरिकी जलसेनाले कोरियाली प्रायद्विपमा बढाएको गतिविधिपछि उत्तर कोरियाली नेता किम जोङ उनले सामरिक एवम् आणविक हतियार विकासका लागि सार्वजनिक रुपमा आह्वान गरेका छन् । अमेरिकाले आणविक हतियार प्रयोग गरिएमा उत्तर कोरियालाई पनि त्यस्तै हतियारले जवाफ दिने प्रतिक्रिया दिएपछि कोरियाली प्रायद्विपमा एकाएक तनाव बढेको छ ।

टिप्पणीहरू