कुलमानसँग अमेरिकी राजदूतको पौने घण्टा कुराकानी
नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले उर्जा जलस्रोत तथा सिँचाईसहित तीन वटा मन्त्रालय सम्हालिरहेका कुलमान घिसिङसँग भेट गरेका छन् ।
आज बिहना उर्जा मन्त्रलयमा दुई जनाबीच पौने घण्टा गोप्य भेटवार्ता भएको हो । कुलमान भेट्न राजदूत थम्प्सन बिहान साढे १० बजे सिंहदरबार पुगेका थिए ।
अमेरिकी राजदूतले पछिल्ला दिनमा सरकार सम्वद्ध व्यक्तिहरूसँगको भेटलाई थप तीब्र बनाएको देखिन्छ । हिजोमात्र उनले नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेललाई भेटेका थिए ।
टिप्पणीहरू