अदालत परिसरमै ज्यान फाल्ने प्रयास
उच्च अदालत,पाटनमा एक युवतीले आत्महत्याको प्रयास गरेकी छन् । उनले हिजो किटनाशक विष पिइन् । उनी आफूले दायर गरेको मुद्दाउपर सुनुवाईका लागि अदालत पुगेकी थिइन् ।
अदालतले प्रतिवादीलाई धरौटीमा छोड्ने आदेश गरेपछि उनले विष सेवन गरेकी हुन् । उच्चकी सूचना अधिकारी पार्वती हितानका अनुसार स्वास्थ्य अवस्था सामान्य छ ।
‘हिजो उहाँले आत्महत्याको प्रयास गर्नुभएछ । सुरक्षाकर्मीले तत्काल अस्पताल पुर्याउनुभएको थियो । उहाँको स्वास्थ्य अवस्था सामान्य छ भन्ने जानकारी पाएका छौं’
‘हिजो उहाँले आत्महत्याको प्रयास गर्नुभएछ । सुरक्षाकर्मीले तत्काल अस्पताल पुर्याउनुभएको थियो । उहाँको स्वास्थ्य अवस्था सामान्य छ भन्ने जानकारी पाएका छौं’,उनले भनिन् ।
टिप्पणीहरू