पनौतीको क्रसरमा पहिरो, चालकको मृत्यु

पनौतीको क्रसरमा पहिरो, चालकको मृत्यु

काभ्रेपलाञ्चोकको पनौतीस्थित रोशी रोडा ढुङ्गा तथा क्रसर उद्योगमा गएको पहिरोमा स्काभेटर चालकको ज्यान गएको छ । पनौती नगरपालिका–१२ मा रहेको उक्त क्रसर उद्योग क्षेत्रमा रातको समयमा आएको पहिरोमा दुई जना पुरिएको र एक जना भाग्न सफल भएको बताइन्छ ।

पुरिएकामध्ये पनौती नगरपालिका–६ का स्काभेटर चालक राम तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको हो । घाइते पनौती नगरपालिका–१२ का ईश्वर गुरुङलाई तत्काल बनेपास्थित शीर मेमोरियल अस्पताल पठाइएको छ ।

टिप्पणीहरू