मन्त्रीका भाइलाई गाडीले हानेर मारेको खबर

मन्त्रीका भाइलाई गाडीले हानेर मारेको खबर

ललितपुर,शंखमुलको युएन पार्क नजिकै भर्खरै भएको सवारी दुर्घटनामा स्कुुटर चालकको ज्यान गएको छ । ४५ वर्षे राजिव सिन्हाले हाँकेको स्कुटरलाई इभी भ्यानले ठक्कर दिएपछि घाइते उनलाई नर्भिक अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरिदिएको ट्राफिक प्रहरीले पुष्टि गरेको छ ।

सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता  सिन्हा सर्वोच्चकै पूर्व न्यायाधीश र वर्तमान कानुन,उद्योगमन्त्री अनिल सिन्हाको फुपूका छोरा हुन् । जन्मथलो रौतहटको ब्रम्हपुरी हो । प्रहरीले २० वर्षे भ्यान चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।

टिप्पणीहरू